Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

बरेलीमा बस र ट्रक एकआपसमा ठोक्किएर आगलागी हुँदा २० को मृत्यु १५ घाइते

Monday, June 5, 2017 National Power

२२ जेठ, भारत – भारत उत्तर प्रदेशको बरेलीमा ट्रक र बस एक आपसमा ठोक्किएर आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने करिब १५ जना घाइते भएका छन् ।

गएराति यूपी रोडवेजको बस ट्रकसँग ठोक्किएपछि आगो लागेको थियो । ठूलो आगोको कारण बसका सबै यात्रुहरु बाहिर निस्किन नसकेर २० जनाको घटनास्थलमै मृत्यु भएको थियो । आगलागी सुरु भएको करिब २० २५ मिनेटपछि घटनास्थलमा दमकल पुगेको थियो । दमकलले आगो निभाउन्जेल बस र ट्रक पूरै जलिसकेका थिए ।

गएराति अबेर एक बजे गोन्डा डिपोबाट एक बस दिल्लीबाट फर्किँदै थियो । बस चालकले हाइवेमा बसलाई ब्याक गर्दै थिए । बरेलीमा बस पुगेको बेला लखनउ तर्फबाट तिव्र गतिमा आइरहेको ट्रकले बसलाई ठक्कर दियो । बस र ट्रक दुबैमा आगो लागेको घटनाका प्रत्यक्षदर्शीले जनाएका छन ।

२० जनाको घटनास्थलमा मृत्यु भएको र घाइतेहरु सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धारका लागि पुगेका स्थानीयबासीका अनुसार घाइतेहरुलाई उद्धार गर्न खोजे पनि बसको ढोका नखुलेकाले धेरै मानवीय क्षति भएको हो । यात्रुहरुले इमर्जेन्सी गेट खोल्न खोज्दा त्यो पनि नखुलेको प्रत्यक्षदर्शीले बताएका छन् ।