Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

देउवाका पक्षमा करिब दुई तिहाई सांसद् देखिए

Monday, June 5, 2017 National Power

२२ जेठ, काठमाडौं – नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्रीका उमेदवार शेरबहादुर देउवाका पक्षमा करिब दुई तिहाई सांसद् देखिएका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, राप्रपा, संघीय समाजवादी फोरम, नेकपा संयुक्त, केही साना दलका करिब ३८८ सांसद् उनको पक्षमा देखिएका छन् ।
संसद्मा हाल कायम रहेको संख्याको दुई तिहाई ३९६ हुन आउँछ भने केही साना दल अझै कसको पक्षमा भनेर खुलिसकेका छैनन् ।
विपक्षी नेकपा एमालेका पक्षमा नेकपा एमाले, नेकपा माले, नेमकिपा, राजमो लगायतका दल रहेका छन् ।  नेकपा एमालेका शीर्ष नेताको आग्रहअनुसार प्रधानमन्त्रीको निर्वाचन मंगलबारसम्म स्थगित गरिएको छ ।
आइतबार नै प्रधानमन्त्री चयन गरिने बताइएको भए पनि नेकपा एमालेले दुई दिन स्थगित गर्न माग गरेपछि मंगलबारसम्म स्थगित गरिएको हो ।