२१ जेठ,काठमाडौं – भ्रष्टाचारको आरोपमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मामाथि अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ ।विशेष अदालत काठमाडौंले आइतबार शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो । कर फछ्र्यौट आयोगमार्फत कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा शर्मालाई गएको शुक्रबार अख्तियारको टोलीले पक्राउ गरेको थियो ।