Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

भारतीय हात्ती रोक्न विद्युतीय तारबार

Sunday, June 4, 2017 National Power

२१ जेठ, कञ्चनपुर – भारतीय दुधुवा नेसनल पार्कबाट आउने हात्ती नियन्त्रण गर्नका लागि कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बिचफाँटामा सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार गरिएको छ ।

बर्सेनि दुधुवा नेसनल पार्कबाट आउने हात्तीको झुन्डले स्थानीय किसानले लगाएको गहुँ, धान, उखु, मकै र तरकारी बालीमा नोक्सानीसँगै घर भत्काउने र मानवीय क्षतिसमेत गर्न थालेपछि नेकपा माओवादी केन्द्रका बिना मगरको पहलमा विद्युतीय तारबार गरिएको हो ।

तारबारका लागि शुक्लाफाँटा प्रकृति संरक्षण कोषबाट पाँच लाख, स्थानीय किसानको एक लाख ५० हजार र जनजागरण सामुदायिक वन उपभोक्ता समूहको ५० हजार गरी जम्मा सात लाखको बजेटमा सोलार प्यानल, इन्भर्टर र तार खरिद गरी माओवादी कार्यकर्ताको श्रमदानमा विद्युतीय तारबार राख्ने कार्य पूरा गरिएको निर्माण समितिका अध्यक्ष तुलसिंह सुनारले बताए । तारबार गरिएपछि हात्ती नियन्त्रणमा टेवा पुग्ने बताए ।