Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

करेन्ट लागेर महिलाको मृत्यु

Sunday, June 4, 2017 National Power

२१ जेठ, झापा – झापाको भद्रपुर नगरपालिका–२ मा धोएको कपडा सुकाउने क्रममा करेन्ट लाग्दा एक महिलाको गएराति मृत्यु भएको छ ।

मृत्यु हुनेमा विशालपुर २२ नं टोल निवासी ४७ वर्षीया कुसुम राई रहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । लुगा सुकाउँदा बिजुलीको तारमा छोएकाले उनलाई करेन्ट लागेको र उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव आज मेची अञ्चल अस्पताल भद्रपुरमा परीक्षण गरिने प्रहरी चौकी पृथ्वीनगरले जनाएको छ ।