Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

नयाँ प्रधानमन्त्री चयन अनिश्चित बन्यो

Sunday, June 4, 2017 National Power

२१ जेठ, काठमाडौं – नयाँ प्रधानमन्त्री चयन अनिश्चित बनेको छ । देशको ४० औँ प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परे पनि एमालेले संसद अवरोध जारी राख्ने भएपछि चुनावी प्रक्रिया अनिश्चित भएको हो ।

आज प्रधानमन्त्रीका लागि मतदान गर्ने कार्यतालिका संसद सचिवालयको भएपनि एमालेको अवरोधका कारण खुल्ने छाँट नभएकाले कसरी प्रक्रिया अघि बढाउने भन्ने अन्योल भएको हो । सभामुख ओनसरी घर्तीसंग अवरोधका बिच प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउने, बैठक अवरोध गर्ने सांसदलाई मार्सल लगाएर बैठकस्थलबाट बाहिर निकाल्ने वा बैठक सार्ने तीनवटा विकल्प छन् ।

सभामुख घर्तीले बिहान १० बजे कार्यब्यवस्था परामर्श समितिको बैठकमा सहमति खोज्ने प्रयास गर्ने तयारी भएको छ । तर भरतपुरमा मतगणना हुनुपर्ने माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको एमाले आफ्नो अडानबाट पछि नहट्ने बताएको छ । एकजनाको मात्र उम्मेदवारी परेपनि संसदीय नियम अनुसार मतदान गर्नैपर्छ ।

मतदानमा उम्मेदवारले बहुमत सिद्ध गर्नैपर्छ । कांग्रेस सभापति देउवाका पक्षमा अहिलेसम्म कांग्रेसका २ सय ७, माओवादी केन्द्रका ८२, लोकतान्त्रिक फोरमका १७ र केही सानादल समेतका गरि ३ सय ११ जना सांसदको समर्थन रहेको कांग्रेसले जनाएको छ ।

संसदमा अहिले कायम रहेको ५ सय ९३ को बहुमत पुर्‍याउन २ सय ९७ जना सांसदको समर्थन आवश्यक पर्छ । राप्रपा र राजपाले पनि प्रधानमन्त्रीमा देउवालाई सघाउने सम्भावना रहेको कांग्रेस नेताहरुले बताएका छन् ।