२१ जेठ, काठमाडौं – प्रधानमन्त्रीको निर्वाचनमा राष्ट्रिय जनता पार्टीेले समर्थन गर्ने संकेत गरेको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा शनिबार अपरान्ह भएको नेपाली कांग्रेस र राजपाका नेताबीच भएको बैठकमा राजपा नेताहरुले प्रधानन्त्रीको उम्मेदवार सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने संकेत दिएका हुन् । राजपाले उठाउँदै आएको मुद्दालाई सम्बोधन गर्ने तथा संसदमा छलफलको क्रममा रहेको संविधान संशोधन विधेयकलाई पास गराउन पहल गर्ने कांग्रेसको प्रतिवद्धता पनि राजपा सरकारप्रति सकारात्मक बनेको हो । बैठकमा प्रधानमन्त्रीको रुपमा देउवालाई शुभकामना र बधाई दिए पनि राजपा नेताहरुले आईतबार बिहान बैठक बसि औपचारिक निर्णय गर्ने बताएको उपप्रधानमन्त्री एवं गृहमन्त्री बिमलेन्द्र निधिले जानकारी दिए ।
साथै उनले संविधान बमोजिम हुन लागेको प्रधानमन्त्री निर्वाचनको बैठक अवरुद्ध गर्ने एमालेको निर्णय दुर्भाग्य पुर्ण रहेको टिप्पणी गरे ।बरिष्ठ नेता रामचन्द्र पौडेलले संबैधानिक निकाय निर्वाचन आयोगको निर्णयको विकल्प नभएको भन्दै सोही विषयलाई लिएर संसद अवरोध गर्नु उचित नभएको प्रतिक्रिया दिए ।