Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

आयुक्तविरुद्ध महाभियोगको तयारी नभएको:नेकपा एमाले

Sunday, June 4, 2017 National Power


२१ जेठ, काठमाडौं – नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भरतपुर महानगरपालिकाका सम्बन्धमा निर्वाचन आयोगको निर्णयका कारण प्रमुख आयुक्त वा आयुक्तहरुलाई महाभियोग लगाउने कुनै तयारी नभएको बताए ।

नेता ढकालले आफ्नो पार्टीले त्यस प्रकारको प्रतिक्रियात्मक राजनीति नगर्ने स्पष्ट गर्दै भने “आफ्नो पक्षमा निर्णय भएन वा हुनुपर्छ भन्ने नाममा महाभियोगको डन्डा लगाएर संवैधानिक अङ्गका पदाधिकारीलाई तर्साउने हाम्रो पार्टीको नीति छैन, बरु सत्ता पक्षनिकटकै केही व्यक्तिले त्यस्तो गलत हल्ला चलाएका हुन सक्छन् ।”

यो महानगरपालिकाको स्थगित भएको मतगणना सञ्चालन हुनुपर्ने माग गर्दै आएको एमाले स्थायी कमिटी आयोगले आज ९० वटा मत च्यातिएको वडा नं १९ मा फेरि मतदान गराउने निर्णयको विरोधमा सबै प्रकारका उपचारमा जाने निर्णयमा पुगेको छ ।