Friday 19th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

४० भन्दाबढी गाउँमा विद्युत सेवा बन्द

Sunday, June 4, 2017 National Power

२१ जेठ, रसुवा – उत्तरी रसुवाका ४० भन्दाबढी गाउँमा टासफर्मर क्षमता नपुगेका कारण  विद्युत सेवा बन्द भएको छ ।

टासफर्मरहरुको क्षमता बढाउने काम अगाडि बढाइएकाले गोसाइँकुण्ड र पार्वती गाउँपालिका पूरै र कालिकाको वडा नंं १ मा शनिबारदेखि विद्युत आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण रसुवाका प्रमुख शोभितबहादुर क्षेत्रीले जानकारी दिए ।

विद्युत सेवा सुचारु गर्न टासफर्मर जडान गर्ने कार्य शनिबार बिहानैदेखि सुरु भएको र एक÷दुई दिनमा विद्युत् सेवा सुचारु हुने उनले जानकारी दिए ।

विद्युत सेवा अवरुद्ध हुँदा चार हजार ४०० घरपरिवारलाई असुविधा पुगेको प्राधिरकणले जनाएको छ । सदरमुकाम धुन्चे, राम्चे, ब्रिदिम, स्याफ्रु, टिमुरे, हाकु, गोल्जुङ, गत्लाङ, चिलिमेलगायतका सम्पूर्ण भू–भाग अन्धकार भएको छ ।