२१ जेठ – बेलायतको लण्डनमा भएको आतंकाकारी आक्रमणमा एकजनाको ज्यान गएको छ । लोकप्रिय लण्डन ब्रिजमा आक्रमण हुँदा अन्य ६ जना घाइते भएका छन् । लण्डन प्रहरीले आक्रमणकारीको खोजी भइरहेको जनाएको छ । घटनापछि लण्डन ब्रिजमा ओहोरदोहोरमा रोक लगाइएको छ भने त्यस क्षेत्र भएर गुड्ने गाडीलाई डाईभर्सन गरिएको छ । प्रत्यक्षदर्शीले सडक पेटीमा हिँडिरहेका मानिसलाई लक्षित गरी सेतो रंगको भ्यान गुडाइएको बताएका छन् । यसैबिच लण्डन प्रहरीले आक्रमण भएको ब्रिज नजिकैको बजार क्षेत्रमा चक्कु हमला भएको र हमलाबारे अनुसन्धान भइरहेको जनाएको छ । घटना भएको स्थान लण्डन रेलवे स्टेसन नजिकै पर्छ । घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।