कोहि अत्ति हतारमा हुन्छन् कोहि सधैं इन्तजारमा हुन्छन् । गजल लेख्छन् ,फेसबुकमा पोष्टिन्छन् सायद तिनिहरु प्यारमा हुन्छन् । हार्नेहरुको पिडा कस्ले लेखिदिन्छ ? जित्नेहरु नै प्राय समाचारमा हुन्छन् । मैले मान्छेहरुको भरोसा,गर्नै छाडिदिएं आपसमै यिनिहरु काटमारमा हुन्छन् । सक्षम युवा बिदेश भासिएको छ मक्किएका सोचहरु सिंहदरबारमा हुन्छन् । सुरेश अर्याल