Thursday 25th February 2021

    वामदेव विहानै खुमलटारस्थित प्रचण्ड निवास पुगे    महेश बस्नेतको दाबी : प्रधानमन्त्रीलाई केही धक्का लागेको छैन, प्रचण्ड-माधवले खाएको लड्डु अब तितो हुन्छ    संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हटाएको कि लुकाएको ?    प्रचण्ड भन्छन्- राष्ट्रिय सहमतिका साथ अघि बढ्छौं, ओलीसँग पनि सम्वाद हुन्छ    सर्वोच्च अदालतको फैसलापछि सेनाको प्रतिक्रियाः सूक्ष्म आँकलनमा छौँ

एमालेकालाई झड्का,एक सय कार्यकर्ताहरु संघीय समाजवादी फोरममा प्रवेश

Saturday, June 3, 2017 National Power


२० जेठ, कपिलवस्तु – कपिलवस्तुको भिल्मीमा चुनावको मुखमा एमालेका एक सय बढी कार्यकर्ताहरु पार्टी परित्याग गरि संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् ।
स्थानीय कृष्णनगर शाह भवनमा आयोजित एक कार्यक्रममा एमाले कार्यकर्ता फोरममा प्रवेश गरेका हुन । सो अवसरमा नेकपा एमाले साविक भिल्मी गाविसका अध्यक्ष अब्दुल गफ्फार खाँले एमालेको निति गलत भएकोले आफुहरु पाटी परित्याग गर्न बाध्य भएको बताए ।

फोरम प्रवेश गर्नेहरुमा नेकपा एमाले क्षेत्र नं ५ क्षेत्रीय सदस्य मेवालाल गुप्ता, कपिलवस्तु चन्द्रौटाका विष्णु गुप्ता, जितेन्द्र मोर्या मनिराम यादव लगायत समेत छन् । पाटी प्रवेश कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका उपमहासचिव तथा सांसद अभिषेक प्रताप शाह, केन्द्रीय सदस्य सहजराम यादव, मोहम्मद रसिद खा, पुर्व जिल्ला अध्यक्ष सतिश चन्द्र गुप्ता, युवा नेता राजत प्रताप शाह, शिवराज नगर अध्यक्ष कृष्ण कुमार चौधरी, लगायत नेता तथा कार्यकर्ताहरुको सहभगीता रहेको थियो ।