Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

बिषाक्त खानाले २ को मृत्यु, २ को अवस्था गम्भिर

Saturday, June 3, 2017 National Power

२० जेठ, पोखरा – म्याग्दीमा बिषाक्त खानाले  २ जनाको ज्यान गएको छ भने २ जना सिकिस्त बिरामी परेका छन् ।

पात्ले खर्क, म्याग्दीकी चिना पुर्जा र उनको १ वर्षीय छोराको बिषाक्त खाना खाँदा शनिबार ज्यान गएको हो । चिनाको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै  र छोराको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको जनाइएको छ । उनी सँगै खाना खाएका पबहादुर गुरुङ र फूपू भविकला पूर्जा  सिकिस्त छन् ।

सिकिस्त दुई जनाको पोखरास्थित सेवा अस्पतालमा उपचार भइरहेको उनीहरुको अवस्था गम्भीर रहेको अस्पताले जनाएको छ । बिषाक्त खाना खाँदा  दुई जनाको मृत्यु भएको र दुई सिकिस्त बिरामी भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।