Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

डोटी पुगेर नेपालीलाई पक्राउ गर्ने भारतीय प्रहरी टोली नेपाल प्रहरीको थुनामा

Friday, June 2, 2017 National Power

१९ जेठ, डोटी – डीएसपीको नेतृत्वमा अनाधिकृत रुपले डोटी पुगेर नेपालीलाई पक्राउ गर्ने भारतीय प्रहरी टोली नेपाल प्रहरीको थुनामा परेको छ । बुधबार मध्यराति नेपालीलाई अपहरण शैलीमा पक्राउ गर्ने भारतीय प्रहरी समूहलाई डोटी प्रहरीले थुनामा राखेको हो ।

भारतीय प्रहरी टोलीले डोटी दिपायल सिलगढी नगरपालिका–८ लडागडा निवासी लालबहादुर आउजीलाई मध्यरातमा पक्राउ गरेको थियो ।

राति करिब दुई बजे भारतमा काम गर्ने लडागडाकै प्रसाद पार्की र अन्य भारतीय प्रहरीको समूहले घरमै सुतेका बेला लालबहादुर आउजीलाई अपहरणको शैलीमा पक्राउ गरेकोस्थानीयले बताए ।

भारतमा काम गर्ने आउजीमाथि भारतबाट करिब १५ लाख भारतीय रुपैयाँ चोरेर ल्याएको आरोप छ ।
अपहरण शैलीमा आएका व्यक्तिहरु भारतीय प्रहरीका डिएसपीसहितका सुरक्षाकर्मी हुन् । डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टले घटनाबारे छानबिन भइरहेको बताए