Thursday 13th November 2025

    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने

बहुमतीय सरकार गठन प्रक्रिया अगाडि बढाउन राजनीतिक दललाई राष्ट्रपतिको आह्वान

Thursday, June 1, 2017 National Power


१८ जेठ, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार गठनको प्रक्रिया अगाडि बढाउन राजनीतिक दलहरुलाई आह्वान गरेका छन ।
व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिका आधारमा सात दिनभित्र सहमतीय सरकार गठनका लागि दिइएको समय बुधबार सकिएपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनको प्रकृया अघि बढाउन आह्वान गरेको हो ।
राष्ट्रपति भण्डारीले संविधानको धारा २ सय ९८ को उपधारा ३ अनुसार व्यवस्थापिका संसदको तत्काल कायम रहेका सबै सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको चुनाव सम्पन्न गर्ने प्रकृया अघि बढान आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि गएको हप्ता बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएपछि भण्डारीले सहमतिका आधारमा ७ दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी मन्त्रिपरिषद् गठन गर्न आग्रह गरेको थियो ।