Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

भरतपुरमा मतपत्रको संख्या यकिन गरी च्यातिएका मतपत्र गन्ने तयारी

Thursday, June 1, 2017 National Power

१८ जेठ, चितवन – भरतपुर महानगरपालिकामा मतगणनाको क्रममा च्यातिएको मतपत्रको संख्या गन्ने तयारी भएको छ । निर्वाचन आयोगले गएको आइतबार राति च्यातिएको मतपत्रको संख्या यकिन गरेर पठाउन भनेपछि च्यातिएका मतपत्र गन्ने तयारी भएको हो । च्यातिएका मतपत्र गन्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले च्यातिएका मतपत्र गन्ने तयारीका लागि भरतपुरमा सर्वदलीय बैठक बसेको छ । सर्वदलीय बैठकपछि च्यातिएका मतपत्रको संख्या यकिन गरेर गनिने छ । वडा नम्बर १९ को मत गन्ने क्रममा त्यहाँ रहेको माओवादी केन्द्रका प्रतिनिधिले च्यातेपछि भरतपुरको मतगणना रोकिएको छ ।