Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

सहिद बुवाको सपना पूरा गर्न छोरीले उम्मेदवारी दिइन

Thursday, June 1, 2017 National Power

१८ जेठ, पाल्पा – प्रजातन्त्र स्थापनाका लागि जनआन्दोलनमा होमिदा सेनाको गोली लागेर २०४६ साल फागुन १६ गते सूर्यप्रसाद घिमिरेको मृत्युवरण भयो ।

देश र जनताका लागि लड्दै गर्दा अल्पायुमै सहिद बनेका घिमिरेको सपना पूरा गर्न उनकै छोरी विष्णुदेवी घिमिरे आचार्यले नेपाली काँग्रेसको तर्फबाट नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिएको हो ।

सहिदको सपना पूरा गर्ने अठोटका साथ निर्वाचनमा होमिएकी उनको उम्मेदवारी पार्टीले सार्वजनिक गरेपछि स्थानीय तहको निर्वाचनलाई आमनगरवासीले चासोका रुपमा लिन थालेका छन् ।

आफ्ना बाबुको देश र जनताप्रतिको बलिदानलाई पुनः ब्यूँताउन र इतिहासको पाना कोर्ने सङ्कल्पका साथ आफूले उम्मेदवारी दिएको उनले बताए ।
उपप्रमुख पदको उम्मेदवारका रुपमा निर्वाचनको माहोलमा निस्किएकी घिमिरेले रामपुर नगरपालिकामा सहिद सूर्यप्रसाद घिमिरेको सालिक र वृद्धाश्रम स्थापना, अपाङ्गका लागि आश्रमस्थल स्थापना गर्ने योजनालाई पहिलो प्राथमिकता राखेको छ ।