Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

प्रधानमन्त्री कृषि आधुनिकीकरण सुपरजोन एकाइले काम थाल्यो

Thursday, June 1, 2017 National Power

१८ जेठ, पोखरा – कास्की जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुपरजोन एकाइले काम गर्न थालेको छ ।

सुपरजोन एकाइमार्फत जिल्लाभित्र पोखरा, हेम्जा, निर्मलपोखरी, भरतपोखरी र लेखनाथका विभिन्न स्थानमा तरकारीखेतीे विकास तथा विस्तारका लागि सो एकाइले काम थालेको हो ।

उक्त जिल्लामा व्यावसायिक तरकारीखेतीे विकास तथा विस्तारका लागि सो परियोजनाअन्तर्गत कुल रु ११ करोड ५३ लाख ९९ हजार विनियोजन भएको एकाइका कार्यालय प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। कार्यालयले जिल्लाका विभिन्न पाँच ठाउँमा हाइटेक ग्रिन हाउसमा नर्सरी स्थापना गरिसकेको जानकारी दिँदै उनले जिल्लामा कस्टोम हायरिङ सेन्टर, पोष्ट हार्वेट सेन्टर, कृषि प्रविधि केन्द्र स्थापनाजस्ता कार्य पनि अघि बढाइसकेको बताए ।

हाइटेक ग्रिन हाउस नर्सरी स्थापनामा कृषक समूहको १५ प्रतिशत लगानीमा सरकारका तर्फबाट ८५ प्रतिशत अनुदान दिइने जानकारी गराउँदै उनले अनुदान सम्झौता भई काम सुरु गरिसकिएको बताए ।कार्यक्रमअन्तर्गत कस्टोम हायरिङ सेन्टरका लागि ५० प्रतिशत, पोष्ट हार्वेट सेन्टरका लागि ८५ प्रतिशत अनुदान दिइने उनले जानकारी दिए ।

जिल्लामा सहभागितात्मक वैज्ञानिक उत्पादन, प्रशोधन प्रविधि तथा स्थलगत तालिम सञ्चालन, कृषि प्रविधि केन्द्र स्थापना, जैविक विषादी कारखाना स्थापना तथा सहयोग, प्राङ्गारिक मल कारखाना तथा सहयोगजस्ता कार्यक्रम पनि समावेश गरिएको कार्यालयले जनाएको छ ।

परियोजनाको लक्ष्यअनुरुप जिल्लाभित्र कुल एक हजार हेक्टर क्षेत्रमा तरकारीखेती विस्तार गर्ने गरी काम अघि बढाइएको प्रमुख श्रेष्ठले जानकारी दिए ।