Tuesday 10th December 2024

    गढीमाई मेलामा दर्शनार्थीको घुइँचो    गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक    पैसाको कमी र यौन असन्तुष्टीका कारण पति-पत्नीको सम्बन्ध कमजोर हुन्छन्    हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै

आगलागीबाट करोडौँको क्षति, दमकलको अभाव

Thursday, June 1, 2017 National Power


१८ जेठ, सुर्खेत – प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा रहेको वीरेन्द्रनगरमा लागेको आगो दमकलको अभावमा समयमै नियन्त्रणमा लिन नसक्दा लाखौँको क्षति भएको छ। नगरपालिकासँग दमकल नहुँदा वीरेन्द्रनगर– १० मा रहेको ‘न्यू कोटेश्वर टायर रिसोलिङ सेन्टर’मा लागेको आगो नियन्त्रणमा लिन छिमेकी भेरीगंगा नगरपालिकाबाट दमकल मगाउनु परेको थियो। यद्यपी दमकल आइपुग्दा नेपाली सेना, प्रहरी र स्थानीयले ३ घण्टाको प्रयासमा आगो नियन्त्रणमा लिइसकेका थिए। आगो निभाउनका लागि बुलबुले तालको पानी प्रयोग गरिएको थियो। आगलागीबाट झण्डै ३ करोड बराबरको क्षति भएको पिडीत पक्षले दाबी गरेको छ। सरकारले वीरेन्द्रनगरमा दमकल खरिदका लागि बजेटमार्फत ६० लाख उपलब्ध गराएको थियो। सो रकमबाट खरिद गरिएको दमकल भेरीगंगा नगरपालिका पठाइएको थियो भने समयमै आगो निभाउन नपाउदा करोडौँको क्षति भएको हो।