Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

विद्युतीय मोटरबाट करेण्ट लागेर एकको मृत्यु

Thursday, June 1, 2017 National Power

१८ जेठ, सिरहा – सिरहाको लहान नगरपलिका– १७ स्थित गोविन्दपुरमा बुधबार साँझ विद्युतीय मोटरबाट करेण्ट लागेर लागेर एक महिलाको मृत्यु भएको छ। साँझ खेतमा पानी लगाउन पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा करेण्ट लाग्दा स्थानीय ५५ वर्षीया कनीदेवी चौधरीको मृत्यु भएको हो। करेण्ट लागेकी चौधरीलाई उपचारका लागि लहान ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। मृतक चौधरीको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ। दुई दिनयता सिरहामा विद्युतीय मोटरबाट करेण्ट लागेर दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।