Tuesday 20th October 2020

    सरकारलाई कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय फिर्ता लिन नेता नेपालको आग्रह    गायक सिताराम पोखरेलको मनको मैलो सार्वजानिक ( भिडियो सहित)    'मिस्टर एण्ड मिस टिकटक' का लागि ग्लोबल अनलाईन पेबाट भोटिङ खुल्ला    नेपाल टेलिकमले ९० दिनसम्मका लागि अटम अफर उपलब्ध गराउने    आइसोलेसन केन्द्र निर्माणमा सरकार युद्धस्तरमा लाग्नुपर्छ :डा. उपाध्याय

९ ग्राम ५०० मिलिग्राम खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

Thursday, June 1, 2017 National Power



१८ जेठ, दमक – खैरो हेरोइनसहित काँकडभिट्टाबाट एक भारतीय नागरिक पक्राउ परेका छन्। ९ ग्राम ५०० मिलिग्राम खैरो हेरोइनसहित पश्चिम बंगाल दिनाजपुर घर भई हाल मेचीनगर ६ बस्ने २४ वर्षीय अजय सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। डब्लु बी ७४ यु ६३४८ नम्बरको मोटरसाइकलमा उक्त परिणामको खैरो हेरोइन लुकाएर ल्याउँदै गर्दा बुधबार साँझ सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। सिंहलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।