Monday 26th October 2020

    जो जहाँ छौं , त्यहीँ बसेर हाँसी खुशी दशैं मनाऔं    दक्षिण एशियामा चीनलाई अमेरिकाको काउन्टर    जनचेतना नेपालद्वारा काभ्रेकाे माझी गाउँमा दशैंको शुभकामना साँट्दै ४९ परिवारलाई खाद्यान्न वितरण    थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या डेढ लाख नाघ्यो    अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन सम्पन्न

श्रीलंकाका बाढी पीडितलाई नेपाल सरकारले ५० हजार डलर सहयोग गर्ने

Wednesday, May 31, 2017 National Power


१७ जेठ, काठमाडौं – नेपाल सरकारले श्रीलंकाका बाढी पीडितलाई ५० हजार अमेरिकी डलर (५१ लाख ५० हजार रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सहयोग दिने निर्णय गरेको हो । केही दिनअघि गएको बाढीका कारण अहिलेसम्म एक सय ९४ जना भन्दा धेरैको ज्यान गएको छ । बाढीका कारण श्रीलंकाको पश्चिमी क्षेत्र बढी प्रभावित भएको छ । १४ वर्ष यताकै ठूलो बाढीका कारण सोमबारसम्म ९९ जना भन्दा बढी हराइरहेको रेडक्रसले जनाएको छ ।

यस्तै बैठकले काठमाडौं उपत्यका बाहिर सञ्चालनको लागि प्रक्रिया पुर्याएका नयाँ मेडिकल कलेजलाई अनुमति दिने निर्णय पनि गरेको छ ।