Sunday 25th October 2020

    जनचेतना नेपालद्वारा काभ्रेकाे माझी गाउँमा दशैंको शुभकामना साँट्दै ४९ परिवारलाई खाद्यान्न वितरण    थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या डेढ लाख नाघ्यो    अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन सम्पन्न    ओली सरकार भारतसँग सम्बन्ध सुदृढ बनाउँदै    एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि

मतगणनामा मतपत्र च्यात्ने दुईजना विरुद्ध मुद्दा दर्ता

Wednesday, May 31, 2017 National Power


१७ जेठ, चितवन – भरतपुर महानगरपालिकाको मतगणना स्थलमा मतपत्र च्यात्ने दुईजना विरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले मतपत्र च्यातेको आरोपमा पक्राउ गरिएका दुईजना विरुद्ध कसुर तथा सजाय ऐन २०७३ दफा १६ अनुसार मुद्दा दर्ता गरेको हो ।
मतपत्र च्यात्ने माओवादी केन्द्रका प्रतिनिधि मधुकर न्यौपाने र द्रोणबाबु शिवाकोटी विरुद्ध चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप भइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख दिपक थापाले जानकारी दिए । मतगणना भइरहेको अवस्थामा मतपत्र च्यात्ने र जवरजस्ती गर्नेलाई एक लाख रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय वा दुबै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ । गएको १४ गते भरतपुरको वडा नम्बर १९ को  मतगणना हुँदै गर्दा उनीहरुलाई रंगेहात पक्राउ गरिएको थियो ।