Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

बस र ट्रिपर एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु

Wednesday, May 31, 2017 National Power


१७ जेठ, मकवानपुर – मकवानपुरको मनहरि गाउँपालिका वडा नम्बर ६ मा बस र ट्रिपर एकआपसमा ठोक्किँदा दुईजनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् ।

काठमाडौंबाट झापाका लागि छुटेको ना ५ ख ६१२३ नम्बरको बस र हेटौंडाबाट चितवनतर्फ छुटेको ना ४ ख ८३ नम्बरको ट्रिपर ठोक्किएको हो । दुर्घटनामा ज्यान गुमाउने दुवै जना र घाइतेहरु बसका यात्रु रहेका प्रहरीले जनाएको छ ।

संखुवासभाका २९ वर्षका केशबहादुर लामा र भारत कमैयाका ३० वर्षका मोहम्मद सलाउद्दिनको ज्यान गएको छ । घाइते ११ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको  प्रहरीले जनाएको छ ।