१६ जेठ, काठमाण्डौँ – ललितपुरमा जेब्रा क्रसिङ नभइ जथाभावी बाटो काट्ने ५८ जना कारबाहीमा परेका छन् । ३० जनालाई २ सय रुपैयाँ जरिवाना तिराइएको र अरु पैसा नहुने २८ जनालाई सचेतना कक्षा दिइरहेको ललितपुरका ट्राफिक प्रहरीले जानकारी दिए । जरिवाना वापतको पैसा नहुनेलाई ३ घण्टासम्म सचेतना कक्षामा राखिन्छ । उनका अनुसार दुर्घटनाको जोखिम भएका ठाउँमा बिहानैदेखि ट्राफिक प्रहरी खटिएका छन् । ट्राफिक प्रहरीले कारबाही थाल्नु अघि डेढ महिनासम्म जथाभावी बाटो नकाट्न सम्झाईबुझाई गरेको थियो । सडकको छेउमा जथाभावी बाटो काट्दा हुने दुर्घटनाका कारण काठमाडौं उपत्यकामा ४० प्रतिशतको ज्यान जाने गरेको पाइएको छ ।