Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

एमाले चितवनले रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्दै धर्ना

Tuesday, May 30, 2017 National Power

१६ जेठ, चितवन – भरतपुर महानगरपालिकामा रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्दै नेकपा एमाले चितवनले धर्ना दिएको छ ।

माओवादी केन्द्रका मतगणना प्रतिनिधिले आइतबार राति मतपत्र च्यातेपछि रोकिएको मतगणना फेरि सुरु गर्न माग गर्दै एमाले चितवनले मतगणनास्थल भरतपुरको कवर्डहल बाहिर आज बिहानदेखि धर्ना सुरु गरेको हो । एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, मेयर उम्मेद्वार देवी ज्ञवाली, उपमेयर उम्मेद्वार दिव्या शर्माको नेतृत्वमा नेता तथा कार्यकर्ता धर्नामा बसेका छन् । रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्दै बिहान नारायणगढको पुलचोकबाट मतगणनास्थलसम्म एमालेले विरोध र्‍याली गरेको थियो ।

धर्ना सुरु हुनुअघि भएको सभामा एमाले चितवनका अध्यक्ष पोखरेलले मतगणना तत्काल सुरु गर्नु पर्ने र कसैले फेरि मतदान गर्ने सपना देखेको भए त्यो दिवा सपना मात्रै हुने बताए । लोकतन्त्रको रक्षाका लागि नागरिकको मतमा खेलवाड गर्ने अधिकार कसैसँग नरहेको उनले बताए ।

आफै मतपत्र च्यात्ने अनि फेरि मतदानको माग गर्नु निरंकुश शैली रहेको उनले भने । धर्नामा बसेका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्न महासचिव ईश्वर पोखरेल दिउँसो चितवन आउने कार्यक्रम रहेको छ । माओवादी र कांग्रेसले फेरि मतदानको माग गर्दै आएको छ ।

आइतबार राति वडा नम्बर १९ को मतगणना भइरहेका बेला माओवादीका एजेन्टले मतपत्र च्यातेपछि मतगणना रोकिएको हो । वडा नम्बर २१ को मतगणना सकिएपछि १९ र २० को गरेर ६ हजार १ सय ६२ मत गन्न बाँकी थियो ।