Saturday 27th February 2021

    संसद पुनर्स्थापनापछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक    वामदेव विहानै खुमलटारस्थित प्रचण्ड निवास पुगे    महेश बस्नेतको दाबी : प्रधानमन्त्रीलाई केही धक्का लागेको छैन, प्रचण्ड-माधवले खाएको लड्डु अब तितो हुन्छ    संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हटाएको कि लुकाएको ?    प्रचण्ड भन्छन्- राष्ट्रिय सहमतिका साथ अघि बढ्छौं, ओलीसँग पनि सम्वाद हुन्छ

कांग्रेस सभापति देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

Tuesday, May 30, 2017 National Power


१६ जेठ, काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् । राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिएको एक साताको समय गुज्रनै लाग्दा देउवाले एमालेसहितका संसद्मा रहेका दललाई पत्र पठाएरै छलफलका लागि बोलाएका हुन् ।

संसद् भवन सिंहदरबारमा मंगलबार बिहान ८ बजे बस्ने गरी संसद्मा रहेका सबै दलको बैठक आह्वान गरिएको कांग्रेसले जनाएको छ ।

देउवाले सर्वदलीय बैठक बोलाए पनि एमाले भने सहभागी नहुने भएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सहमतीय सरकारका लागि छलफल गर्न कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा नजाने बताए ।
एमालेले छलफलमै नआउने बताएपछि अब सहमतीय सरकार गठनको सम्भावना कमजोर बनेको हो ।