Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

माओवादीका कार्यकर्ताद्वारा पत्रकारमाथि कुटपिट

Tuesday, May 30, 2017 National Power

१६ जेठ, अर्घाखाँची – अर्घाखाँचीको मालारानी गाउँपालिका–८ हंसपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले सञ्चारकर्मीलाई कुटपिट गरेका छन् ।

सदरमुकाम सन्धिखर्क आउँदै गर्दा पत्रकार कृष्णप्रसाद पाण्डेलाई माओबादी केन्द्रका कार्यकर्तले कुटपिट गरेका हुन् ।  खस्यौली एफ एम, लुम्बिनी टेलिभिजन, बुलन्द साप्ताहिक, सूर्योदय एफ.एम र अर्घाखाँची टाइम्स लगायतका मिडियामा कार्यरत पाण्डेको अनुहार र टाउकोमा चोट लागेको छ ।

उनलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचार गरी थप उपचारका लागि बुटवल रिफर गरिएको छ । घट्नाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, बुलन्द राष्ट्रिय साप्ताहिक र अर्घाखाँची टाइम्स लगायतका सञ्चार माध्यमले घटनाको विरोध गरेका छन् ।