१६ जेठ, अर्घाखाँची – अर्घाखाँचीको मालारानी गाउँपालिका–८ हंसपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले सञ्चारकर्मीलाई कुटपिट गरेका छन् ।
सदरमुकाम सन्धिखर्क आउँदै गर्दा पत्रकार कृष्णप्रसाद पाण्डेलाई माओबादी केन्द्रका कार्यकर्तले कुटपिट गरेका हुन् । खस्यौली एफ एम, लुम्बिनी टेलिभिजन, बुलन्द साप्ताहिक, सूर्योदय एफ.एम र अर्घाखाँची टाइम्स लगायतका मिडियामा कार्यरत पाण्डेको अनुहार र टाउकोमा चोट लागेको छ ।
उनलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचार गरी थप उपचारका लागि बुटवल रिफर गरिएको छ । घट्नाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, बुलन्द राष्ट्रिय साप्ताहिक र अर्घाखाँची टाइम्स लगायतका सञ्चार माध्यमले घटनाको विरोध गरेका छन् ।