Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

चाँगुनारायण नपा ८ मा मेयर र उपमेयरमा एमालेको विजय निश्चित

Tuesday, May 30, 2017 National Power

१६ जेठ, भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिकाका वडा नं. ८ मा एमालेकोे समूह विजयी भएको छ । वडा नं. ८ मा एमालेबाट वडा अध्यक्षको उम्मेदवार रहेका परासर सापकोटाले एक हजार १९६ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका कुबेर खत्रीले ९३३ मत प्राप्त गरेका छन ।

त्यसैगरी महिला सदस्यमा कृष्णा कार्कीले एक हजार ३७५ मत, दलित महिला सदस्य भगवती परियार एक हजार ३६० मत, सदस्यहरु सत्यराम तसजु एक हजार ३६४ मत र नरेन्द्रबहादुर श्रेष्ठले एक हजार ३७३ मत प्राप्त गरि विजयी भएका छन ।

चाँगुनारायण नगरपालिकामा एमालेका तर्फबाट नगरप्रमुखको उम्मेदवार रहेका सोम मिश्रले सात हजार ४६४ मत र उपप्रमुख विना बास्तोलाले सात हजार ८३६ मतले अग्रता लिएका छन । नेपाली कांग्रेसका नगरप्रमुखका उम्मेदवार राजाराम खड्काले ६ हजार ३९७ मत र उपप्रमुख सरु बाँनियाले ६ हजार ९६५ मतले पछ्याएको छ ।

यस नगरपालिकामा राप्रपाका तर्फबाट नगरप्रमुखका उम्मेदवार रहेएका रबिन्द्रप्रताप शाहले चार हजार ९८१ मत, उपप्रमुखकी उम्मेदवार यवती कार्कीले चार हजार ३२७ मत ल्याएर पछ्याई रहेका छन । नेमकिपाका तर्फबाट नगरप्रमुखको उम्मेदवार रहेका न्हुछे फोजूले तीन हजार ४८९ मत र उपप्रमुख रीता काफ्लेले तीन हजार १५ मत प्राप्त गरी प्रतिस्पर्धामा रहेका  छन ।

चाँगुनारायण नगरपालिकामा वडा नं.१, २, ५ र ७ मा नेपाली कांग्रेसको समूह विजयी भएपनि वडा नं.३, ४, ६, र ८ मा एमालेले समूह नै विजयी हासिल गरेको छ । वडा नं.५ र ७ मा एक एक सदस्यमा एमालेको उम्मेदवार विजयी हासिल गरेको छ । अन्तिम मतगणना जारी रहेको वडा नं. ९ ताथलीलाई नेमकिपाको गढको रुपमा मानिदै आएको छ ।