Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

सिरहामा बस दुर्घटना हुँदा एकको मृत्यु, सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Monday, May 29, 2017 National Power

१५ जेष्ठ, सिरहा  – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत आज बिहान सिरहाको मिर्चैया नगरपालिका १ स्थित महादेव चौकमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने २३ यात्रु घाइते भएका छन।

बिराटनगरबाट काठमाण्डौ जाँदै गरेको ना ४ ख ८०६२ नम्बरको बसलाई कटारीबाट नारायणघाट जाँदै गरेको १ ख ५०६७ नम्बरको बसले ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परि घाईते भएका ५०६७ नम्बरको बसका कन्डक्टर कटारी नगरपालिका ३ बस्ने ३७ वर्षीय निलकमल श्रेष्ठको उपचारका लागि बिराटनगर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । बसमा सवार अन्य २० जनाको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
सल्यानमा ट्याक्टर दुर्घटना
उता सल्यान जिल्लाको देवस्थलबाट सल्लीबजार जाँदै गरेको से १ त ३७५३ नम्बरको खाली ट्याक्टर बनगाड कुपिन्डे नगरपालिका–१ सल्लीबजारमा दुर्घटना भएको छ । दुर्घटनामा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा भेरीगंगा नगरपालिका–१० छिन्चु तालबारीका २६ वर्षीय लोकबहादुर बुढाथोकीको मृत्यु भएकोे हो । चालक बुढाथोकी घाइते भएको र उपचारको क्रममा अस्पताल लैजादै गर्दा गए राती सुर्खेतको मेहेलकुना नजिकै मृत्यु भएको इलाका प्रहरी कार्यालय देवस्थलले जानकारी दिएको छ ।