Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

भरतपुरको मतगणनास्थलमा तनाव, माओवादीले मतपत्र च्यातेपछि

Monday, May 29, 2017 National Power

१५ जेठ, चितवन – माओवादी प्रतिनिधिले मध्यरातमा मतपत्र च्यातिदिएपछि भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तनाव सिर्जना भएको छ र अहिले मतगणना रोकिएको छ ।वडा नम्बर १९ को मतगणना भइरहेका बेला माओवादी प्रतिनिधीले मतपत्र च्यातेपछि मतगणना रोकिएको हो । वडा नम्बर २१ को मतगणना सकिएपछि १९ र २० को गरेर ६ हजार १ सय ६२ मत गन्न बाँकी थियो । त्यसबेला एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्र र कांग्रेस गठबन्धनकी रेणु दाहाल भन्दा ७ सय ८४ मतले अघि थिए।

त्यसपछि वडा नम्बर १९ को मत गन्न सुरु गरिएको थियो । वडा नम्बर १९ को २८ सय ६० मत खसेकोमा १८ सय ९ मत गनेर मतपरिणाम अपडेट गर्दा ज्ञवालीको ४१ हजार ६ सय ४१ र दाहालको ४० हजार ९ सय ८ मत आएको थियो । यसबेलासम्म ज्ञवालीको अग्रता ७ सय ३३ देखियो । माओवादीले वडा नम्बर १९ मा ज्ञवालीसँगको मत अन्तर अझै कम हुने अपेक्षा गरेकामा त्यो नभएपछि मतगणनामा अवरोध गरेको एमालेका नेताले आरोप लगाएका छन् । मतपरिणाम अपडेटपछि फेरि गन्न सुरु गरेलगतै माओवादीका प्रतिनिधिले मतपत्र च्यातेको एमालेका मेयरका उम्मेद्वार ज्ञवालीले आरोप लगाए ।

मतपत्र च्यातेको आरोपमा प्रहरीले माओवादीका प्रतिनिधि मधु न्यौपाने र द्रोण शिवाकोटीलाई पक्राउ गरेको छ । यस्तै मतगणना स्थल बाहिर होहल्ला गरेको आरोपमा एमाले कार्यकर्ता गंगा लामा पक्राउ परेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको छ ।