Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

च्यातिएकाे माइन्युट सहित तेह्रथुम फेदाककाे लफडा केन्द्र पुग्याे

Sunday, May 28, 2017 National Power

१४ जेठ, तेह्रथुम – तेह्रथुम जिल्लाको फेदाक गाउँपालिका प्रमुखको उम्मेद्वार छानौटका क्रममा नेपाली काँग्रेसक भित्र पैसाको तिव्र चलखेल भएको बुझिएको छ । प्राय सबै गाउँपालिकाको उम्मेद्वार छनौट गरिसकेको भएपनि फेदाका गाउँपालिकाको उम्मेद्वाका लागि धेरै अकांक्षी भएपछि केन्द्रमा पठाइएको छ । गाउँपालिका प्रमुखका महेन्द्र कुमार फाम्बो सहित, चन्द्र मादेम्बा र केशव भेटवालले दावेदारी गरिरहेका छन् ।

स्थानीय नेता तथा कार्यकर्ता एवं जनताको रोजाइमा भने पुराना पाका नेता महेन्द्र कुमार फाम्बो रहेका छन् । गाउँमा सामाजिक कार्यकर्ताको रुपमा समेत परिचित फाम्बो नेपाली काँग्रेसको मात्र नभए एमाले तथा माओवादीका भोटरहरुको समेत रोजाइमा छन् । स्थानीय तहमा आफ्नो व्यक्तिगत खर्च र पहलमा समेत स्कुल, खानेपानीको सुविधा प्रदान गरी स्थानीय माझ लोकप्रिय छन् फाम्बो । तर नेपाली काँग्रेस भित्र रहेका गुटबन्दी र पैसाको पैसाको चलखेलको कारण एकजना जित्ने उम्मेद्वारलाइ पाखा लगाउन अनेकन चलेखेल गन्ध आइरहेको छ ।

जिल्लाले केन्द्रमा दावेदार उम्मेद्वारहरुको नाम पठाउँदा समेत चलखेल गरेको देखिएको छ । जिल्लामा काम गरेका पुराना नेतालाइ पाखा लगाएर पैसाको चलखेल गर्न सक्नेलाइ १ नं मा राखेर पठाएको प्रति पनि जिल्लाभर असन्तुष्टि देखिएको छ ।

गतसाता उम्मेद्वार छनौटका लागि बोलाइएको बैठकमा कुनै छलफलनै नगरी केन्द्रमा पठाउने निर्णय गरेपछि विवाद उत्पन्न भएको थियो र वैठकको माइन्युट असन्तुष्ट पक्षले त्यही च्यातिदिएका थिए । तर च्यातिएको माइन्युटको त्यही निर्णयलाइ आधिकारिक मानी जिल्लाले केन्द्रमा सिफारिस गरेपछि उम्मेद्वार छनौटको विवादले तेह्रथुम काँग्रेस भित्र चरम विवाद सुरु भएको छ ।

यस्तोमा केन्द्रमा वेलैमा विचार नपुर्याए नेपालीका काँग्रेसलाई तेह्रथुम जिल्लाभरीनै निका ठूलो धक्का लाग्ने देखिन्छ ।