१४ जेठ, काठमाडौं – आजको व्यवस्थापिका संसदको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७३/७४ को आर्थिक सर्वेक्षण पेस गरेका छन ।
बैठकमा उपप्रधानमन्त्री कृष्णबहादुर महराले आर्थिक सर्वेक्षणका साथै यो सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा पनि प्रस्तुत गर्ने कार्यक्रम छ । यो आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.९४ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ ।
यस्तै प्रतिव्यक्ति आय पनि यो वर्ष ७३२ बाट बढेर ८६२ डलर पुगेको अर्थमन्त्री महराले जानकारी दिए । मौसममा आएको सुधार, कृषि उत्पादनमा वृद्धि, विद्युत सेवा नियमितसहितका कारण आर्थिक अवस्थामा सकारात्मक प्रभाव परेको सर्वेक्षणमा उल्लेख छ ।