१४ जेठ, खोटाङ – खोटाङमा चार दिनदेखि विद्युत अवरुद्ध भएको छ । दिक्तेल–गाईघाट ३३ केभी प्रशारण लाइनको एउटा पोल उदयपुरको साउने र गाईघाटको बीचमा खोलाको बाढीले एउटा ढालेको र त्यही बिचमा पहिरोले ढालेको रुखले तार चुँडाउदा बिहीबारदेखि विद्युत अवरुद्ध भएको हो ।
ढलेको पोल मर्मत तथा चुँडिएको तार जोड्ने काम गरिएको बताइए पनि विद्युत सेवा नियमित हुन सकेको छैन । पोल तथा तार मर्मत गरिए पनि फल्ट भएको स्थान पत्ता लाग्न नसकेको नेपाल विद्युत प्राधिकरण शाखा खोटाङले जनाएको छ ।