Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

दुर्घटनाग्रस्त गोमा एयरका पाइलट पारसकुमार राईको निधन

Saturday, May 27, 2017 National Power

१३ जेठ, काठमाडौ  – दुर्घटनाग्रस्त गोमा एयरको कार्गो विमानका पाइलट पारसकुमार राईको निधन भएको छ ।

च्यापिएको अवस्थाबाट उद्धार गरिएका राईको उपचारका क्रममा लुक्ला अस्पतालमा निधन भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डन प्राधिकरण कार्यालयकाले जानकारी दिएको छ ।

नाइन एन एके वाइ कल साइन र एलइटी ४१० फ्लाइट नम्बरको कार्गो विमान २ बजेर ५ मिनेट जाँदा लुक्लामा दुर्घटना थियो ।कार्गो विमानमा पाइलट पारसकुमार रार्इ, कोपाइलट सिर्जन मानन्धर र एयर होस्टेस प्रज्ञा महर्जन सवार थिए । कार्गो विमान भएका कारण यात्रुहरु भने थिएनन ।