Wednesday 28th October 2020

    जो जहाँ छौं , त्यहीँ बसेर हाँसी खुशी दशैं मनाऔं    दक्षिण एशियामा चीनलाई अमेरिकाको काउन्टर    जनचेतना नेपालद्वारा काभ्रेकाे माझी गाउँमा दशैंको शुभकामना साँट्दै ४९ परिवारलाई खाद्यान्न वितरण    थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या डेढ लाख नाघ्यो    अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन सम्पन्न

खोलाले बगाउँदा श्रीमानको ज्यान गयो श्रीमती वेपत्ता

Saturday, May 27, 2017 National Power


१३ जेठ, ताप्लेजुङ  – ताप्लेजुङको पूर्वी सिरीजंघा गाउँपालिकामा वडा नम्बर ७ मा खोलाले बगाउँदा श्रीमानको ज्यान गएको छ भने  श्रीमती वेपत्ता भएकी छिन् ।

शुक्रबार परेको पानीले सुरुम्खिम गाविस अम्बरटारमा रहेको सिंवा खोलाले बगाउँदा श्रीमान् २२ वर्षका गोपाल तामाङको ज्यान गएको हो । उनकी श्रीमती २१ वर्षकी रिना तामाङ हराएको प्रहरीले जानकारी दिएको छ।

लगातार वर्षा भएका कारण खोलामा बाढि आएको र सोही खोला तर्न खोज्दा ज्यान गएको तथा हराएको प्रहरीले बताए । किराना पसल सञ्चालन गर्दै आएका उनीहरु पसलको सामान लिएर आम्बेगुदिनको खाम्दिनेबाट घर तर्फ फर्कदै गर्दा खोला तर्ने क्रममा खोलाले बगाएको थियो ।  गोपालको शव  फेला परेको छ भने उनकी श्रीमती बेपत्ता छिन।