Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

सहमतीय सरकारका लागि आफूहरु खुला रहेको:अध्यक्ष ओली

Saturday, May 27, 2017 National Power

१३ जेठ, काठमाडौं – सत्तासाझेदारी गरिरहेका प्रमुख दुई दल कांग्रेस–माओवादी केन्द्र बहुमतीय सरकार गठनको तयारीमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि बिहीबार सात दिनको समय दिए पनि उनीहरु बहुमतीय प्रक्रियाबाटै नयाँ सरकार गठनमा लागेका हुन् ।

प्रमुख प्रतिपक्षी एमालेले भने सहमतीय सरकारका लागि आफूहरु खुला रहेको बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरु नयाँ सरकारको नेतृत्वको दौडमा नरहेको भन्दै संक्रमणकाल टुंगो लगाउन, संविधानको कार्यान्वयन गर्न र मेलमिलापको राजनीति अघि बढाउन पनि सहमतीय सरकार आवश्यक रहेको बताएका छन् ।