Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

संघीय गठबन्धनले दोस्रो चरणको चुनाव बिथोल्ने गरी बन्दसहितको आन्दोलन घोषणा

Friday, May 26, 2017 National Power

१२ जेठ, काठमाडौं  – आसन्न स्थानीय तह निर्वाचनको दोस्रो चरण बिथोल्ने गरी संघीय गठबन्धनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गरी संघीय गठबन्धनले जेठ १३ देखि १८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

आन्दोलनका कार्यक्रममा १८ र १९ गते मधेस, थरुहट र लिम्बुवान बन्द गर्ने उल्लेख छ। निर्वाचन कार्यतालिकाअनुसार १९ गते उम्मेदवारी मनोनयनको दिन हो। आफ्ना कार्यकर्ताविरुद्धका झूठा मुद्दा खारेज नभएको, क्षतिपूर्ति नदिइएको र आफूसँग भएका ११ बुँदे र ३ बुँदे सम्झौता कार्यान्वयन नगरेको आरोप विज्ञप्तिमा छ। राष्ट्रिय जनता पार्टी, नेपालसहितका दललाई निर्वाचन चिह्न नदिएको, थपिएका २२ स्थानीय तह अपुग भएको तथा स्थानीय तहहरुको सीमांकन अवैज्ञानिक रहेको गठबन्धनको भनाई छ।

यसैगरी मतदाता नामावलीमा नाम छुटेकाहरुको नाम समावेश गर्ने वातावरण नबनाइएको गठबन्धनका अध्यक्ष महन्थ ठाकुरको विज्ञप्तिमा उल्लेख छ। आन्दोलनका कार्यक्रम अनुसार १३ गते जिल्ला सदरमुकाम, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा मशाल जुलुस गर्ने उल्लेख छ। १४ गते लाठी जुलुस गर्ने तथा निर्वाचन केन्द्रमा संघर्ष समिति गठन गर्ने उल्लेख छ। १५ गते वृहद अन्तरक्रिया गर्ने तथा गणतन्त्र दिवसका अवसरमा सहिदको सम्मानमा मैनबत्ती तथा श्रद्धाञ्जली सभा राख्ने गठबन्धनले जनाएको छ।यस्तै १६ गते जिल्लाका हरेक स्थानीय तहका निर्वाचन कार्यालयमा तालबन्दी र घेराउ गर्ने र १७ गते जिल्ला सदरमुकामहरु र स्थानीय तहहरु तथा हाटबजारमा मशाल जुलुस प्रदर्शन गर्ने उल्लेख छ। १८ र १९ गते मधेस, थरुहट र लिम्बुवान बन्द गर्ने र उम्मेदवारी प्रक्रियालाई सक्रियाताका साथ अवरोध गर्नेसहितका आन्दोलनका कार्यक्रम गठबन्धनले सार्वजनिक गरेको हो।