Friday 21st March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

झापामा विषालु च्याउ खाँदा ९ जना बिरामी

Friday, May 26, 2017 National Power

१२ जेठ, झापा – झापाको कमल नगरपालिकामा विषालु च्याउ खाँदा ९ जना बिरामी परेका छन्। कमल नगरपालिका ४ की ३३ वर्षीय विष्णु घिमिरे, उनका छोरीहरू १४ वर्षीया सलिना घिमिरे, १० वर्षीया सन्ध्या घिमिरे, ७ वर्षीया सोनी घिमिरे र २ वर्षीया सोनिका घिमिरे बिरामी परेका हुन्। यस्तै सोही ठाउँका २८ वर्षीया उमा घतानी, उनका छोराहरू ११ वर्षीय इन्द्र घतानी र ९ वर्षीय चन्द्र घतानी तथा छोरी २ वर्षीया सविना घतानी बिरामी परेको प्रहरीले जनाएको छ। घर छेउमा उम्रिएको च्याउ खाँदा उनीहरू बिरामी परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। उनीहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयले जानकारी दिए ।