Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

पोखरा लेखनाथ मनपाको मेयरमा नेकपा एमालेका उमेद्वार  जिसी विजयी

Friday, May 26, 2017 National Power

१२ जेठ, कास्की – पोखरा लेखनाथ महानगरपालिकाको मतगणना सकिएको छ । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उमेद्वार मानबहादुर जिसीले ६० हजार १ सय १८ मत ल्याएर विजयी भएका छन । उनले नेपाली कांग्रेसका उम्मेद्वार रामजी कुँबरलाई १३ हजार ७ सय २ मतले पछाडी पार्दै विजयी भएका हुन ।कांग्रेसका मेयर पदका उम्मेद्वार रामजी कुँवरले ४६ हजार ४ सय १६ मत ल्याउनु भएको छ ।

त्यसैगरी उपमेयरमा एमालेकै मञ्जुदेवी गुरुङ ५६ हजार ४ सय ४८ मत ल्याएर निर्वाचित भइन । उपमेयरका उम्मेद्वार सरस्वती गुरुङले ४४ हजार ३ सय ३८मत प्राप्त गरिन । ३३ वडा रहेको पोखरा लेखनाथ महानगरपालिकामा वडा तर्फको नतिजामा पनि एमाले नै अगाडी रहेको छ । पोखरामा २२ वटा वडा एमालेले जितेको छ भने ११ वडा नेपाली कांग्रेसले जितेको छ ।