Wednesday 19th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

पोखरा लेखनाथ मनपाको मेयरमा नेकपा एमालेका उमेद्वार  जिसी विजयी

Friday, May 26, 2017 National Power

१२ जेठ, कास्की – पोखरा लेखनाथ महानगरपालिकाको मतगणना सकिएको छ । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उमेद्वार मानबहादुर जिसीले ६० हजार १ सय १८ मत ल्याएर विजयी भएका छन । उनले नेपाली कांग्रेसका उम्मेद्वार रामजी कुँबरलाई १३ हजार ७ सय २ मतले पछाडी पार्दै विजयी भएका हुन ।कांग्रेसका मेयर पदका उम्मेद्वार रामजी कुँवरले ४६ हजार ४ सय १६ मत ल्याउनु भएको छ ।

त्यसैगरी उपमेयरमा एमालेकै मञ्जुदेवी गुरुङ ५६ हजार ४ सय ४८ मत ल्याएर निर्वाचित भइन । उपमेयरका उम्मेद्वार सरस्वती गुरुङले ४४ हजार ३ सय ३८मत प्राप्त गरिन । ३३ वडा रहेको पोखरा लेखनाथ महानगरपालिकामा वडा तर्फको नतिजामा पनि एमाले नै अगाडी रहेको छ । पोखरामा २२ वटा वडा एमालेले जितेको छ भने ११ वडा नेपाली कांग्रेसले जितेको छ ।