Saturday 24th October 2020

    थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या डेढ लाख नाघ्यो    अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन सम्पन्न    ओली सरकार भारतसँग सम्बन्ध सुदृढ बनाउँदै    एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि    सरकारलाई कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय फिर्ता लिन नेता नेपालको आग्रह

पोखरा लेखनाथ मनपाको मेयरमा नेकपा एमालेका उमेद्वार  जिसी विजयी

Friday, May 26, 2017 National Power


१२ जेठ, कास्की – पोखरा लेखनाथ महानगरपालिकाको मतगणना सकिएको छ । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उमेद्वार मानबहादुर जिसीले ६० हजार १ सय १८ मत ल्याएर विजयी भएका छन । उनले नेपाली कांग्रेसका उम्मेद्वार रामजी कुँबरलाई १३ हजार ७ सय २ मतले पछाडी पार्दै विजयी भएका हुन ।कांग्रेसका मेयर पदका उम्मेद्वार रामजी कुँवरले ४६ हजार ४ सय १६ मत ल्याउनु भएको छ ।

त्यसैगरी उपमेयरमा एमालेकै मञ्जुदेवी गुरुङ ५६ हजार ४ सय ४८ मत ल्याएर निर्वाचित भइन । उपमेयरका उम्मेद्वार सरस्वती गुरुङले ४४ हजार ३ सय ३८मत प्राप्त गरिन । ३३ वडा रहेको पोखरा लेखनाथ महानगरपालिकामा वडा तर्फको नतिजामा पनि एमाले नै अगाडी रहेको छ । पोखरामा २२ वटा वडा एमालेले जितेको छ भने ११ वडा नेपाली कांग्रेसले जितेको छ ।