Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

राजपा नेपाल नयाँ सरकारमा सहभागी नहुने स्पष्ट

Thursday, May 25, 2017 National Power

११ जेठ, काठमाडौं – राष्ट्रिय जनता पार्टी, नेपालले नयाँ सरकारमा सहभागी नहुने स्पष्ट पारेको छ। आज बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले सरकारमा जाने सोच समेत बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको हो। मधेसको माग सम्वोधन नभई सरकारमा जाने विषयमा सोच्न समेत नसकिने निश्कर्ष निकालिएको पार्टीका नेता अनिल झाले जानकारी दिए। राष्ट्रिय जनता पार्टीले मधेसको मागलाई सम्बोधन गर्न आन्दोलनलाई जोड दिएर अघि बढने निर्णय समेत गरेको छ। दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने वा नलिने भन्ने विषयमा पनि आन्तरिक छलफल भइरहेको बताए। झा लगायतका केही नेताहरुले निर्वाचनमा जाने अवस्था अझै नरहेको दावी गर्दै आएका छन्। यता, महन्थ ठाकुर लगायतका नेताहरुले भने कतिपय माग सम्बोधन भएकाले स्थानीय तहको निर्वाचनमा जान सकिने धारणा राख्दै आएका छन्। निर्वाचनमा जाने कि नजाने भन्ने विषयमा एक, दुई दिनभित्र ठोस धारणा तय गर्ने राष्ट्रिय जनता पार्टी, नेपालले जनाएको छ।