Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

सौर्य ऊर्जा प्रविधिको प्रयोग गरी किसानहरु खेतमा सिँचाइ गर्न थाले

Wednesday, May 24, 2017 National Power

१० जेठ, झापा – झापामा पहिलो पटक सौर्य ऊर्जा प्रविधि प्रयोग गरी पथरियाका किसान खेतमा सिँचाइ गर्न थालेका छन् ।

वर्षात पानी तथा बोरिङमा निर्भर किसानको खेतमा सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले सौर्य ऊर्जा प्रविधि प्रयोग गरेर बोरिङबाट पानी निकालेको छ । रु १५ लाखको लागतमा डिभिजन कार्यालयले सिँचाइको व्यवस्था गरेको डिभिजन प्रमुख ईश्वरीप्रसाद तिवारीले बताए ।

सौर्य ऊर्जा प्रयोग गरी बोरिङबाट पानी निकाल्न १४० वाटको २४ वटा प्यानल जडान गरेको छ । एक हर्ष पावरको पम्प जडान गरी बनाएको सौर्य ऊर्जा सिँचाइको सिँचाइ विभागका उपनिर्देशक वासुदेव लोहनीले आज उद्घाटन गरे । बोरिङबाट प्रतिसेकेन्ड तीनदेखि पाँच लिटर अर्थात् एक दिनमा ५० घनमिटर पानी आउने र यसबाट लगभग २५ बिगाहा खेत सजिलै सिँचाइ गर्न सकिने तिवारीले बताए ।