Sunday 25th October 2020

    जनचेतना नेपालद्वारा काभ्रेकाे माझी गाउँमा दशैंको शुभकामना साँट्दै ४९ परिवारलाई खाद्यान्न वितरण    थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या डेढ लाख नाघ्यो    अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन सम्पन्न    ओली सरकार भारतसँग सम्बन्ध सुदृढ बनाउँदै    एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि

आज अपरान्ह ४ वजे प्रधानमन्त्री प्रचण्डले राष्ट्रको नाममा सम्वोधन गर्दै

Wednesday, May 24, 2017 National Power


१० जेठ, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसदलाई विशेष सम्बोधन गर्दै राजीनामा दिने प्रयास असफल भएपछि उनले देशवासीलाई सम्बोधन गर्ने भएका हुन् ।
अपराहृन ४ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले मंगलबार नै संसदलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए । तर, स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै एमालेले संसद अवरुद्ध पार्ने चेतावनी दिएपछि बैठक  बस्न असफल भएको हो ।

लगातार दुई दिन संसद बैठक सूचना टाँसेर स्थगित भएको छ । अब प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गर्ने स्रोतले बताएको छ ।