Sunday 28th February 2021

    संसद पुनर्स्थापनापछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक    वामदेव विहानै खुमलटारस्थित प्रचण्ड निवास पुगे    महेश बस्नेतको दाबी : प्रधानमन्त्रीलाई केही धक्का लागेको छैन, प्रचण्ड-माधवले खाएको लड्डु अब तितो हुन्छ    संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हटाएको कि लुकाएको ?    प्रचण्ड भन्छन्- राष्ट्रिय सहमतिका साथ अघि बढ्छौं, ओलीसँग पनि सम्वाद हुन्छ

प्रमको संसद संबोधन अन्योलमा

Tuesday, May 23, 2017 National Power


९ जेठ, काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद बैठकमा संबोधन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेपनि एमालेले  बैठक चल्न नदिने तयारी गरेपछि अन्योलमा परेको हो ।

अन्योलका कारण बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक बेलुका साढे ५ बज्दा समेत शुरु हुन सकेको छैन । बैठक पटक-पटक सूचना टाँस गर्दै सारिदै आएको छ । यसअघि मंगलबार बसेको मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री दाहालले मन्त्रीहरुलाई मंगलबार राजीनामा दिने तयारी गरेको जानकारी गराएका थिए ।

उनले सरकार गठन हुने बेलामा एमाले लगायत दलले लगाएको आरोपको खण्डन गर्दै सरकारले हासिल गरेका उपलब्धिबारे जानकारी गराउँदै राजीनामा दिने घोषणा गर्ने र मंगलबार नै राष्ट्रपति समक्ष राजीनामा बुझाउने तयारी गरेका थिए।

यसअघि संसद भवनमै प्रधानमन्त्री दाहालले काँग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसंग छलफल गरेपनि सहमति हुन नसकेको श्रोतले जनाएको छ । अहिले फेरि तीनजना शीर्ष नेताहरुबिच छलफल गर्ने तयारी भइरहेको छ ।