Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

१३ हजार २ सय ४८ मत प्राप्त गरी बुढानिलकण्ठ नगरपालिकामा एमाले विजयी

Tuesday, May 23, 2017 National Power

९ जेठ, काठमाडौं – काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेका उद्धव खरेल विजयी भएका छन ।

खरेलले १३ हजार २ सय ४८ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु श्रेष्ठले आठ हजार ९ सय २७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

उपप्रमुखमा एमालेकै रमा राई विजयी भए । उनले १३ हजार १८८ मत प्राप्त गरे  भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शुभद्रा खड्काले ९ हजार ७६८ मत प्राप्त गरे ।