८ जेठ, कैलाली – धनगढी उपमहानगरपालिका ७ छात्राबास टोलमा गएराति एक दम्पतिको घरमै सुतेकै अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरेर दम्पत्तिको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले दिएको सूचनाको आधारमा प्रहरी घटनास्थल पुग्दा कोठामा ताला लगाएको भेटिएको थियो । ताला तोडेर भित्र हेर्दा विभित्स अवस्थामा दम्पत्ति बद्रिप्रसाद जोशी र कुन्ता देवि जोशी को शव फेला परेको बताएको छ । दम्पतिको अनुहारमा धारिलो हतियारले छियाछिया हुने गरी प्रहार गरेको र कोठामा ताला लगाएर राखेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।
उनले हत्याको आशंकामा जोशीको घरमा कोठा भाडामा लिएर बसेका समेत गरी ७ जनालाई नियन्त्रणमा लिएको समेत बताए । अन्य २ जना फरार रहेको प्रहरीले जानकारी दिएको छ । शिक्षण पेशाबाट अवकास प्राप्त जोशी जजमानी पेशा गर्दै आएरहेका थिए । जोशी दम्पत्तिको कसले के कारणले हत्या गरेको हो भन्ने विषमा छानविन गरी दोषिलाई कार्वाही गर्न स्थानीयले माग गरेका छन् । सोही घरमा कोठा भाडामा लिएर भुईतलामा बस्दै आएका भागीराम चौधरीका अनुसार आइतबार राती ८ बजे तिर २०र२२ जनाको संख्यामा मानिसहरु आएर खसी काटेर भोज खाएको र अबेर रातिसम्म नाचजान समेत गरेका थिए ।
मृतक दम्पत्तिका ३ छोरी र १ छोरा रहेका छन् । छोरा हाल वैदेशिक रोजगारीको सिलसिलामा स्पेन र एउटा छोरी अष्ट्रेलिया र अर्को छोरी अमेरिकामा रहेको छिन भने जेठी छोरी धनगढीमै रहेकी छन् ।