Friday 26th February 2021

    संसद पुनर्स्थापनापछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक    वामदेव विहानै खुमलटारस्थित प्रचण्ड निवास पुगे    महेश बस्नेतको दाबी : प्रधानमन्त्रीलाई केही धक्का लागेको छैन, प्रचण्ड-माधवले खाएको लड्डु अब तितो हुन्छ    संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हटाएको कि लुकाएको ?    प्रचण्ड भन्छन्- राष्ट्रिय सहमतिका साथ अघि बढ्छौं, ओलीसँग पनि सम्वाद हुन्छ

गेट टुगेदर र पार्टीको नाममा युवा पुस्ताहरु गलत कार्यमा फस्दै

Monday, May 22, 2017 National Power


काठमाडौँ –  डिस्को, बार, गेट टुगेदर र रमाइलो पार्टीको नाममा युवा पुस्ताहरु रिसोर्टहोटलको बन्द कॊठा भित्र बसेर गलत कार्यमा फस्दै गरेका एक अध्ययनले बताएको छ  l स्वतन्त्रता हाम्रो नर्सैगिक अधिकार हो, हामीलाई हाम्रो जिबन स्वतन्त्र संग जिउने अधिकार पनिछ र स्वतन्त्र संग जिउन पाउनु पनि पर्छ । प्रसङ्ग यहाँ अहिलेका युवा जमातहरु, किशोरकिशोरीहरु कुनै पनि बहानामा डिस्को, बार, गेट टुगेदर र रमाइलो पार्टीको नाममा युवा पुस्ताहरुरिसोर्ट होटलको बन्द कॊठा भित्र गएर मदिरा र जवानीको कुलतमा फस्दै नराम्रो बाटोमा तहिडिरहेका छैनन ?  हामीले हाम्रो छोरा छोरी, दाजु भाइ, दिदि बहिनि माथि पूर्ण विश्वास गरेरउनीहरुलाई आफ्नो निगरानी भित्र राख्न नसक्दा अहिलेका किशोर किशोरीहरुको जिबन कुलत तथाअन्धकारको दल दल तिर त फस्दै गएको छ l कम्बाइण्ड स्टडी, बर्थ डे पार्टी, रमाइलो भेटघाटजस्ता विभिन्न तरिकाले अहिलेका पुस्ता आफुलाई रमाइलो गर्न, कुलत बाटोमा फस्न, तथाजवानीको प्यास मेटाउन होटेल र रिसोर्टको कोठा भित्र सुरक्षित महसुस गर्दै दिन र रातमा विभिन्नहोटेल र रिसोर्टमा पुग्ने गरेका छन l

शहरी रात्री जिबनको जहा दैनिक सयौ युवा युवतीले आफ्नो भबिष्यलाइ अध्यारो तर्फ धकेली रहेकाछन सयौले आफ्नो अश्मिता लुटाईरहेका छन, क्षणीक मनोरंजन प्राप्त गर्नको लागि मदिरामा लट्ठभएर । शहरी क्षेत्रमा खुलेका दर्जनौ बार डिस्कोको कारणले कतै हाम्रो छोरा छोरिको भबिष्य तअन्धाकारमा धकेलेको त छैन ? बार डिस्कोमा पनि एउटा मापदण्ड हुन जरुरि छ यो बिषयमासरोकार वालाहरुले सोच्न जरुरत पनि छ । तर हाम्रो देशमा त चौध बर्षको किशोर किशोरीहरु पनिबारमा बसेर मदिरा र धुम्रपानमा लट्ठ पर्दै आफ्नो यौबन देखाई रहेका छन । बार डिस्कोमा फोटोखिचेर सामाजिक संजाल फेसबुकको भित्तामा फोटो राखिने प्रचलनले गर्दा त झन अहिलेको युवापुस्ता जसरि पनि एक चोटी बार डिस्को गएर त्यहाको फोटोग्राफर बाट फोटो खिचाई आफ्नोफेसबुकमा राख्न आतुर देखिन्छन जसले गर्दा कतै हाम्रो युवा पुस्ता गलत संगत  र गलत बाटोमाहिडेको त छैन भन्ने प्रश्न आउछ । जब रात ढल्किदै जान किशोर किशोरीहरु मदिरा अन्य नशालाग्ने कुराहरु बाट लट्ठ पर्दै मध्यरात सम्म नशामा झुमी रहेका हुन्छन त्यस पछि होटेल ररिसोर्टको बन्द कोठा खोज्ने जमात पनि बढ्दै गएको छ l

हामी र हाम्रो समाज नराम्रो काम र कर्मको देखासिखी गर्न सबै भन्दा अगाडी छ । हिजो त्यो बाहिरसाथिहरु संग गएर रमाइलो गर्यो, बारमा मदिरा खादै फोटो खिच्छ भने आज म किन नजाने मपनि जान्छु भन्ने प्रवृति छ । सेलिब्रेटी देखि चेलीबेटीहरु सम्म आजकल बार र डिस्कोमा गएरफोटो खिचेर सामाजिक संजाल(फेसबुक, ट्विटर)मा राख्ने पनि ट्रेन्ड नै चलेको छ। बार डिस्कोमाआउने ग्राहकहरुको लागि भनेर बार डिस्को संचालकहरुले फोटो खिचिदिने र फेसबुक पेजमाराखिदिने गर्दछन जसले गर्दा युवा युवतीहरु एक अर्कालाइ देखाउनको लागि मात्र भए पनि बारमाजाने र मदिरा र धुम्रपानमा झुम्ने गर्दछन । अहिले शहरमा कोहि देखासेखीको लागि त कोहिआफ्नो मनोरंजनको लागि दैनिक सयौ युवा युवतीहरु रात्री जिबन बार डिस्कोमा जाने गर्छन र बारडिस्कोमा जाने होडबाजीनै चलेको छ ।

सेलिब्रेटी,मोडल देखि धनाड्य घरानाका व्यक्तिहरु बार डिस्कोमा गएर मस्त हुने प्रचलन नया होइनतर अहिले उनै सेलिब्रेटी, मोडल, धनाड्यहरुको नक्कल गर्दै सामान्य घर परिवारका युवा युवतीहरुगलत संगत र ट्रेन्डमा फस्दै गएका छन । भर्खर टिन एज प्रवेश गरेका देखि लिएर बुढा बुढीभइसकेका सम्म अहिले रत्रिजिबनको बार डिस्कोमा गएर मदिरा पिउदै र धुम्रपान गर्दै फोटो खिच्नलालाइत देखिन्छन र आफु हिजो रति यो ठाउमा थिए भनेर देखाउन अनि बारको लोगो सहितकोफोटो आफ्नो फेसबुकमा राख्न आतुर हुन्छन । जसले गर्दा सामान्य घर परिवारका युवा युवतीहरुपनि आफ्नो साथी सर्कलमा देखाउनको लागि भए पनि बार डिस्को जाने र फोटो खिच्ने अनि गेटटुगेदर गर्ने रात बिताउने र आफ्नो फेसबुकमा राख्ने गलत ट्रेन्ड बस्दै गएको छ ।

यसको अर्थ सामान्य घर परिवारको युवा युवती बार डिस्को अनि कहिँ कतै जानु हुन्न भनेको होइनतर सामान्य घर परिवारको युवा युवतीहरु देखासेखी गर्नको लागि भएनि गलत काम गर्न गलतसंगतमा फस्दै गएका छन । आफुलाई मोडल र सेलिब्रेटी जस्तो देखाउन अहिलेको युवा पुस्ताजस्तो सुकै काम गर्न नि पछि नहट्ने एक अध्ययनले देखाएको छ । यसका लागि अबिभाबकहरुलेबेलैमा सोच्नु पर्ने अबस्था आएको छ, आफ्नो छोरा छोरीहरु कुन बाटोमा हिड्दैछन बेलुका कहाजादैछन के गर्दैछन भनेर कहिँ सेलिब्रेटी र मोडल जस्तो देखिन गलत संगत र गलत बाटोमा तछैनन् बेलैमा सोच्नुहोस ।

 सुर्य चन्द