Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

अहिलेकै अवस्थामा चुनावमा भाग लिन राजपालाइ प्रमको आग्रह, भने – एमालेले मान्दै मानेन

Monday, May 22, 2017 National Power

८ जेठ, काठमाडौैँ – प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रि जनता पार्टीका नेताहरुसंग नेकपा एमालेले स्थानीय तह थप्ने कुरामा सहमती नजाउने संकेत दिएको बताएपछि उक्त पार्टीका नेताहरु आफ्नो धारणा बनाउन बैठकमा जुटेका छन् ।

सोमबार प्रधामन्त्री निवास बालुवाटरमा बसेको संक्षिप्त बैठकमा प्रधानमन्त्रीले दोस्रो चरणको निर्वाचत अघि संविधान संशोधन गर्न कठिन रहेको र स्थानीय तहको संख्या थप्ने विषयमा पनि एमालेले सहयोग नगर्ने कुरा सुनाएका थिए ।

दोश्रो चरणको निर्वाचन अघि संविधान संसोधन हुनुपर्ने अडानमा रहेको राजपा प्रधानमन्त्रीको यो सन्देश पछि शंसकित भएका छन् । प्रधानमन्त्रीले चुनाव अघि संसोधन प्रस्ताव पास गर्न सकिने अवस्थामा नरहेको भन्दै अहिलेकै अवस्थामा चुनावमा सहभागी हुन राजपाका नेताहरुसंग आग्रह गरेका थिए । त्यसपछि अन्तरिक बैठकबाट निष्कर्षमा पुगिने भन्दै राजपाका नेताहरु बालुवाटारबाट बाहिरेका थिए ।