Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

मुम्बाईलाई १०अाैँ अाइपिएलकाे उपाधि

Monday, May 22, 2017 National Power

८ जेठ, काठमाडाैँ – १० अाैँ संस्करणकाे अाइपिएलकाे उपाधि मुम्बाइ इन्डियन्सले जितेकाे छ । हैदराबादकाे राजीवगान्धी अन्तराष्ट्रिय रंगशालामा भएकाे खेलका राइजिङ पुने सुपरजाइन्टस् लाइ १ रनले पराजित गर्दै समग्रमा तेश्राे पटक अाइपिएलकाे उपाधि जितेकाे हाे ।

टस जितेर पहिलाे व्याटिङ गरेकाे मुम्बाइले निर्धारित २० अाेभरमा ८ विकेट गुमाएर १२९ रनकाे सामान्य याेगफल तयार पारेकाे थियाे । निकै खराव सुरूवात गरेकाे मुम्बाइका लागि कुर्नाल पाण्ड्याले सर्वाधिक ४७ रनकाे याेगदान दिएका थिए । त्यस्तै कप्तान राेहित शर्माले २४ रन बनाउँदा मिचेल जाेनसनले १३ रन बनाएका थिए ।

पुनेका लागि जयदेव उनडकड, एडम जाम्पा, र ड्यानियल क्रिस्टियनले २–२ विकेट लिएका थिए भने २ विकेट रनअाउटकाे रूपमा अाएट भएकाे थियाे ।

१२९ रनकाे सामान्य लक्ष्य पुनेले सहजै पार गर्ने अनुमान गरिएकाे थियाे । मुम्बाइका बलरहरू जस्प्रित बुम्राह, मिचेल जाेनसन र लासिथ मालिङ्गाले उत्कृष्ट बलिङ गरेपछि पुनेले निर्धारित २० अाेभरमा मात्र १२८ रन बनाउन सक्याे । कप्तान स्टिव स्मिथले उत्कृष्ट पारी खेल्दै ५१ तथा अजिंक्य राहनेले ४४ रन बनाए पनि अन्यले उल्लेखनीय याेगदान दिन नसक्दा पुनेले १ रनले खेल गुमाउन पुग्याे । मुम्बाइका लागि मिचेल जाेनसनले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए ।

याे संगै मुम्बाइले समग्रमा तेश्राे पटक अाइपिएलकाे उपाधि उचाल्याे । यस भन्दा अघि २०१३, २०१५ पनि उपाधि उचालेकाे थियाे ।